मकवानपुरका ३७ वर्षीय पुरुष सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५८ पुग्यो
नेपालमा थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
मकवानपुरका एक पुरुष र बाँकेका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, भेरी अस्पताल र नेपालगंजमा गरिएको परिक्षणमा मकवानपुर घर भएका ३७ वर्षीय एक पुरुष र बाँके नैनापुरको वडा नंम्बर–१, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ । मकवानपुरका कोरोना संक्रमितको भने काठमाडौंमा नै उपचार भईरहेको हेटौंडाको कर्रास्थित श्रमिक मा.विको आईसोलेशनका ईन्चार्ज भोला चौलागाँईले बताए ।