चट्याङ लागेर सुनुवारको मृत्यु
हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार १४:५२
उदयपुरको कटारीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी-३ राजावासका ६१ वर्षीय लिलबहादुर सुनुवार छन् ।
हिजो दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा चट्याङमा परेका थिए ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ । रासस