बकैयाको किराना पसल चोरी गर्ने देउजा पक्राउ

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार १५:५०
;

बकैयाको फूयाँल किराना सप्लायर्समा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बकैंया गाँउपालिका–५ भनौराका १९ वर्षीय दिपेश देउजा रहेका छन् । 

बकैयाा गाँउपालिका– ४ जुरेली बस्ने होमनाथ फूयाँलले सञ्चालन गर्दै आएको किराना पसलबाट १२ लाख १० हजार बराबरको रिचार्ज कार्ड, चुरोट, शिलप्याक मदिरा, साबुन, मन्जन र नरिवल लगायतका सामानहरु चोरी गरिएको प्रहरीले जनाएको छ । 

गत बैशाख २६ गते राती आरोपी देउजाले सो किराना सप्लायर्समा चोरी गरेका थिए । 

पसलका सञ्चालक फूयाँलको उजुरी अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले खोजतलास गर्ने क्रममा देउजालाई चारी गरिएको सामानसहित पक्राउ गरिएको हो । 

पक्राउ परेका उपर चारी तथा डकैती सम्बन्धी कसुरमा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*