कोरोना संक्रमित भागे गोली प्रहार गर्न पर्सा प्रशासनको आदेश

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार १९:५३
;

पर्सा प्रशासनले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली प्रहार  गर्न आदेश दिएका छन् । कोरोना संक्रमितहरु अस्पतालबाट भाग्ने क्रम बढेपछि पर्सा प्रशासनले ‘बोल्ड’ निर्णय लिएको हो ।  

बिहिवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले अब उप्रान्त कोरोना संक्रमित उपचारत अस्पतालबाट भागेमा उनीहरुलाई नियन्त्रणमा लिन बल प्रयोग गर्न वा आवश्यक परेमा गोली हान्न समेत निर्देशन दिइएको हो ।

यस अगाडि (बुधवार) वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए।

त्यस भन्दा अगाडि काठमाडौंको शुक्रराज ट्रपिकलमा उपचाररत एकजना संक्रमित पनि फरार भएर पछि पक्राउ गरिएको थियो ।
संक्रमित धमाधम बढ्दै जाँदा आफूसँग भएको श्रोत साधन अपर्याप्त हुने भन्दै थप माग गर्ने निर्णय गरेको हो ।

""
""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*