लागुऔषधसहित एक भारतीय पक्राउ

२ जेष्ठ २०७७, शुक्रबार २०:०९

सुनसरीमा लागुऔषधसहित एक भारतीय पक्राउ परेका छन् । प्रहरीरी लागुऔषधसहित भारत बिहारका २७ वर्षीय शंकर यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोसी गाउँपालिका –१ बाट पक्राउ परेका यादवको साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन प्लस ५ सय २८ क्याप्सुल र १ सय एमएलको डाइलेक्स डिसी २८ बोतल बरामद छ ।
यादवमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।