लकडाउन थप्ने तयारीमा सरकार

सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ । उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राखिने विषयमा छलफल गरिएको थियो ।
सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ । शुक्रबार बसेको बैठकमा लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो ।
बैठकमा उपस्थित एक मन्त्रीका अनुसार सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका छन् ।
ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने मन्त्रीले बताएका छन् ।