सिमानामा अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेश गराउन काँग्रेसको माग
नेपाली काँग्रेसले नेपाल–भारत सिमानामा अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गरेको छ ।
कयौं दिनदेखि कयौं नेपालीहरु भारतसँग जोडिएका विभिन्न सीमा नाकामा अलपत्र रहेको भन्दै नेपाली काँग्रेसले उनीहरुलाई नेपाल प्रवे श गर्न दिन माग गरेको हो ।
थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको जनाउँदैकाँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षण पश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’
लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न समेत काँग्रेसले माग गरेको छ ।