शिक्षकले मासिक तलव नपाए कानुनी बाटो खुला रहने
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको २८ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ।
मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई कानुन व्यवसायी एवम् शिक्षासेवी मदन दाहालले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणको पहिलो सत्रमा दाहालले शिक्षामा समसायिक कानुनका विषयमा प्रशिक्षण दिएका हुन् । जिल्ला वार मकवानपुरका अध्यक्षसमेत हुनुभएका दाहालले कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा शिक्षकले मासिक तलव नपाए कानुनी बाटो खुला रहेको प्रष्ट्याए । भौगोलिक रुपमा हुने कठीनताले मागफारम संकलनमा ढिलाई हुने भएकोले ब्यवहारिक अभ्यास जे भएपनि कानुनी रुपमा त्यसको बाटो नछेकेको बताउनुभएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताएका छन् । प्रशिक्षणको दोस्रो सत्रमा संगठन मकवानपुरकी सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल र शिक्षक नारायण प्रसाद गौतमले तयार पार्नुभएको शैक्षिक सामग्री प्रदर्शन गरेका थियो । लकडाउनको समयलाई सदुपयोग गर्दै निर्माण गरिएका शैक्षिक सामग्रीको बिभन्न जिल्लाका नेतृत्वहरुले प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय महासचिव हंस साहि उपाध्यक्ष नन्दराम देवकोटा,वाग्मति प्रदेस संगठन उपाध्यक्ष सुभद्रा अधिकारी, सचिवालय सदस्य मोहन शर्मा,सदस्य सीता सुवेदी पन्थी, पार्वती खनाल, शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन ललितपुर अध्यक्ष नर रावल, रौतहट अध्यक्ष धर्मेन्द्र प्रसाद सिह,पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, पर्वत उपाध्यक्ष आङमाया शेर्पा, भोजपुर अध्यक्ष यदु सुवाल, चितवनबाट शकुन्तला अधिकारी, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्तोला, लक्ष्मी चौलागाई, कोषाध्यक्ष जयप्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा मकवानपुर सहसचिव प्रतिमा गौतम सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, लक्ष्मी रिमाल, भावना सापकोटा, लक्ष्मी अधिकारी, गुरु प्रसाद ओझा, नारायण प्रसाद कँडेल, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवा का बिष्णुप्रसाद पौड्याल,लगायतकाको उपस्थिती रहेको थियो ।
भोलि हुने २९ औं सत्रमा पनि देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयो । २९ औं सत्रमा प्रभावकारी शिक्षण सिकाइमा प्रष्ट वाचनकला विषयमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा वासु सुवेदीले गर्नेछन् ।