पौडी खेल्दा डुबेर १२ वर्षीय बालकको मृत्यु

२ जेष्ठ २०७७, शुक्रबार २२:२१
तनहुँको व्यास नगरपालिका-६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।
रासस