सरकारले १४ भन्दा धेरै सूचकमा गतिलो उपलब्धि हाँसिल गरेको छः राष्ट्रपति भण्डारी 

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार २२:३७
;

राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षको अवधिमै सरकारले गतिलो उपलब्धि हाँसिल गरेको दाबी गरेकी छिन् । आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति  संघीय संसदमा पेश गर्दै उनले यस्तो बताएकी हुन्।

 ‘सरकारले दुई वर्षको छोटो अवधिमै गतिलो उपलब्धि हाँसिल गरेको छ’, उनले भनिन्, ‘सरकारले १४ भन्दा धेरै सूचकमा गतिलो उपलब्धि हाँसिल गरेको छ । यो कुरा अन्तर्राष्ट्रिय जगतले पुष्टि गरेका छन् ।’ राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन् ।

उनले स्थानीय तह, प्रदेशका संरचनाहरु खडा गरेर क्रियाशिल भएको साथै वित्तिय हस्तान्तरणको कार्य समेत सफल भएको बताइन् ।

साथै उनले नेपाललाई सरकारको यही कार्यकाल विकासशील राष्ट्रमा स्तरोन्नती गरिने बताइन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*