नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने 

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार २२:५१
;

सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय गरेको हो ।

तालिम र अध्ययनलगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर बसेका करिव ६०० विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् । 

उनका अनुसार हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई पनि चार्टर विमानबाट जान दिने निर्णय भएको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*