लिम्पियाधुरासहितको नक्सा जारी गर्दै सरकार

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार २३:००
;

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्न सरकारलाई सुझाव दिएपछि उनले बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेकपा सचिवालयको आजको बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्‍ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएका थिए । त्यसपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*