सरकारले केन्द्र र प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल स्थापना गरिने

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार २३:१५
;

सरकारले केन्द्रमा र प्रदेशस्तरमा अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । संघिय सरकार मातहत रहने गरी कोरोना भाईरस जस्तो संक्रामक रोगको निदान, रोकथाम, नियन्त्रण तथा उपचारको लागि अत्याधुनिक प्रयोगशालासहितको केन्द्रमा ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रादेशिक रूपमा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको हो ।

आगामी आर्थिक वर्षमा सबै स्थानीय तहका वडामा पूर्ण खोेप कार्यक्रम लागू गर्ने जनाएको छ । हाल ६ सय ७१ स्थानीय तहको वडामा उक्त सेवा रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

साथै राष्ट्रपति भण्डारीले हरेक स्थानीय तहमा भूगोल र जनसंख्याका आधारमा ५ देखि १५ शैयाको अस्पताल स्थापना हुने बताएकी छिन् । उनले हालको अञ्चल अस्पताललाई २ सय शय्‍याको जनरल अस्पतालमा रुपान्तरण गरिने बताएकी छिन् ।  पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी, डडेल्धुरासहितका केन्द्रीय अस्पताललाई ५ सय शय्‍याको विशेषज्ञसहितको अस्पताल स्थापना गरिने भएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*