थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले पर्साका ९ र १२ बर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रीयुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३७ वर्षीय पुरुष, काठमाडौं सतुङ्लका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।