विश्वभर कोरोनाको संक्रमणबाट ३ लाख ८ हजारबढीको मृत्यु, कुन देशमा कति संक्रमित र मृत्यु भए ?

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १४:२०
;

विश्वव्यापी रुपमा फैलिरएको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय ४५ पुगेको छ । 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको  संक्रमितको संख्या ४६ लाख २८ हजार ३ सय ५६ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १७ लाख ५८ हजार ३९ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८८ हजार ५ सय ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १४ लाख ८४ हजार २ सय ८५ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ३ लाख २६ हजार २ सय ४२ जना निको भइसकेका छन् । 

 त्यस्तै युकेमा कोरोनाबाट ३३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ३६ हजार ७ सय ११ पुगेको छ । 

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ हजार ४ सय ५९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ६७ पुगेको छ ।  त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ६ सय १० पुगेको छ भने संक्रमितको संख्या २ लाख २३ हजार ८ सय ८५ पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*