चिर्पट प्रहार गरी छोराको हत्या
दोलखामा बाबुले चिर्पट प्रहार गरी छोराको हत्या गरेका छन् । शैलुङ गाउँपालिका– २ झम्सीका ५२ वर्षिय विष्णुलाल तमाङले चिर्पट प्रहार गरी आफ्नै छोरा २७ वर्षीय सुवास तमाङका हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादका कारण बैशाख २९ गते बाबुले चिर्पट प्रहार गर्दा घाइते भएका छोरा तामाङलाई उपचारका लागि काठमाडौं त्रिवि शिक्षण हस्पिटल लगिएको थियो ।
उनको उपचारकै क्रममा जेठ १ गते मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दाह–संस्कारका लागि गाउँ ल्याएपछि मात्र प्रहरीलाई खबर आएको जनाएको छ । मृतकका बाबुलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।