दलित महिलालाई कुटपिट, घटना साम्य पार्न गएका प्रहरी टोली माथिनै आक्रमण 

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १६:११
;

रौतहटमा प्रहरीमाथि नै आक्रमण भएको छ ।  कटहरिया नगरपालिका–८ पोखरियामा एकजना दलित महिलालाई कुटपिट गरिरहेको घटना साम्य पार्न गएका प्रहरी टोली माथिनै आक्रमण भएको हो । 

प्रहरीमाथि भएको आक्रमणमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादव घाइते भएका छन् । 

झण्डै दुईदर्जन मानिसले प्रहरीको हातको लाठी खोसेर एकैपटक प्रहरीमाथि आक्रमण गरेको सई सिंहले बताएका छन् । 

पक्राउ पर्नेमा कटहरिया ८ का बर्ष २५का श्रीचन साह, ३२ का बच्चेलाल साह, ३७ का लालबाबु ठाकुर र ६० का प्रतापबिक्रम साह रहेका र घटनाबारे थप अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् । 

कुटपिटबाट घाइते महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*