थप ६ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो
३ जेष्ठ २०७७, शनिबार १६:२४

नेपालमा थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











