कपिवस्तुका थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७६ पुग्यो
३ जेष्ठ २०७७, शनिबार १९:४४

नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।











