धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु
काभ्रेको धुलिखेलमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । ती महिला श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धुलिखेल अस्पतालमा लागि लगिएकी ल्याइएको थियो ।
सिन्धुपाल्चोक घर भएकी उनको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।
सुत्केरीको मृत्यु भए पनि के कारणले भन्ने नखुलेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।
उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।











