भारतबाट एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका तीन जना संक्रमित
हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार २१:०६
कपिलवस्तुमा थपिएका तीन जना संक्रमित भारत लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ । भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा एक साताअघि नेपाल प्रवेश गरेका थिए ।
शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।