मकवानपुरमा प्रवेश निषेध गरिएपछि दर्जनौं मालवहाक सवारी पथलैयामै रोकिए
बाराको पथलैयामा दर्जनौ सावारीसाधन अलपत्र परेका छन् । मकवानपुर जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर–२ बाट भित्रने सवारी–साधनमा प्रतिबन्ध लगाएपछि सवारी–साधन पथलैयामा अलपत्र परेका हुन् ।
प्रदेश नम्बर–१ र २ बाट सामान ‘लोड’ गरी देशका विभिन्न भागमा जाँदै गरेका मालवाहक सवारीलाई पथलैयाको चेक प्वइन्टमा नै रोकिएको प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले जानकारी दिएका छन् ।
सिमेन्ट, छड, इँटाजस्ता निर्माण सामग्री र अन्य प्रकृतिका कृषिजन्य उत्पादन बोकी आएका मालवाहक ट्रकहरु रोकिएको जानकारी उनले बताए ।