एक प्रहरी जवानलाई कोरोना संक्रमण
३ जेष्ठ २०७७, शनिबार २२:१४

बारा प्रहरी कार्यलय कलैयामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । उनलाई स्वास्थ्यमा समस्या आएपछि बीरगञ्जमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनाएका छन् ।
कोरोना संक्रमण देखिएका प्रहरी जवानलाई अहिले आईसोलसनमा राखिएको जनाइएको छ । प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गरिएको जनाइएको छ ।










