थप दुई जनामा कोरोना संक्रमण पुष्टि
४ जेष्ठ २०७७, आईतवार १३:२३

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











