विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्युृ

कोरोना भाइरस संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०) साँझसम्मको हो । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण मृत्यु हुने नोपलीको संख्या १५ पुगेको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्स्ट ९युएई० मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिएका छन् । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।











