नौ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण 

हेटौडा न्युज
४ जेष्ठ २०७७, आईतवार १५:००
;

कोरोना नियन्त्रणमा खटिएका नौ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ  ।  शनिबार तीन जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । 

त्यस्तै महोत्तरीमा कार्यरत नेपाली सेनाका दुई कर्मचारीमा संक्रमण देखिएको छ  ।  बारामा कार्यरत नेपाल प्रहरीका एक जनामा संक्रमण पुष्टि भएको छ । 

शनिबार संक्रमण पुष्टि भएकामध्ये एक मध्यपूर्वी पृतनामा कार्यरत उच्च सैनिक अधिकारी हुन् । 

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन/तीन, नेपाली सेनाका दुई तथा राष्ट्रिय अनुसन्धान विभागका एक जनामा संक्रमण पुष्टि भइसकेको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*