सुरक्षा पोस्टमा भारतीय समूहले फेरि गर्यो आक्रमण
झापाको रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले फेरी आक्रमण गरेको छ । कचनकवल–१ घेराबारीको झन्डुगाउँमा शनिबार बेलुकी ८ बजेतिर आएका सय जना जतिले पोस्ट भत्काएका हुन् ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको हो ।
कचनकवल–१ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिए ।
यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो ।