कोरोनाबाट एक जनाले ज्यान गुमाएपछि बागमती प्रदेशमा सतर्कता

हेटौडा न्युज
४ जेष्ठ २०७७, आईतवार १६:०४
;

कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएपछि बागमती प्रदेशले सतर्कता अपनाउन थालेको छ ।

प्रदेश सरकार  कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गम्भीर भएर लकडाउनको कार्यान्वयनमा लागेको  छ । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशका सबै जिल्लामा कडाईका साथ लकडाउन कार्यान्वयनका लागि निर्देशन दिएको बताएक छन् । 

उनले छिमेकी राष्ट्र भारतबाट आउने नेपाली वा भारतीय नागरिक नेपाल प्रवेशमा सीमाबाटै कडाई गर्नुपर्ने बताउदै स्वास्थ्य परीक्षण गरी अवस्थाको बारेमा बुझेर मात्र गन्तव्यमा जान मिल्ने व्यवस्थामाथि संघीय सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*