प्रेस लेखेको मोटरसाइकल र पेस्तोलसहित दुई जना पक्राउ
प्रेस लेखेको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
सर्लाहीको विष्णु गाउँपालिका–३, विश्वनाथ टोलबाट स्थानीय २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साहलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट दुई थान पेस्तोल, ६ राउण्ड गोली र एकथान म्यागजिन बरामद् गरिएको प्रहरीले जनाएको छ ।
प्रेस लेखेको बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलसहित अपरिचित व्यक्तिहरू लुकीछिपी बसेको भन्ने खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










