स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा कार्की पक्राउ

हेटौडा न्युज
४ जेष्ठ २०७७, आईतवार २१:१५
;

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक युवा स्वयमसेवी पक्राउ परेका छन् ।  उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी  उत्तम कार्कीलाई पक्राउ गरिएको हो । 

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले चन्द्रागिरि घर भएका उनलाई पक्राउ गरेको जनाइएको छ । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । 

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले प्रहरीकै अगाडि वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । खानतलासी पनि लिएका थिए ।  जसको चौतर्फी विरोध भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*