थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३ सय ४ पुग्यो

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार १४:५४
;

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै थप  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । 

मन्त्रालयका अनुसार रौतहटका ७ जना पुरुष र १ महिला गरी ८ र बाराका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । रौतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुष र माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीय महिलामा संक्रमण देखिएको छ भने बारा जिल्ला करैयामाई–५ का ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । 

यससंगै नेपालमा कोरोना संक्रमित संख्या ३ सय ४ जना पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमार्फत् ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमित सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था साममान्य रहेको मनत्रालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*