त्रासमा सिन्धुपाल्चोक, थप रणनीति बनाएर अघि बढ्ने तयारी छौं– मन्त्री दुलाल

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार १५:५१
;

कोरोना भाइरसका कारण एक सुत्केरी महिलाको मृत्यु भएपछि सिन्धुपाल्चोक जिल्ला त्रासमा छ । 
गत शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु थियो । मृत्यु भए लगतै उनको घर, माइती र आसपासका क्षेत्र सिल गरेर सम्भावित जोखिम क्षेत्रका व्यक्तिहरूबाट स्वाबको नमूना संकलन गरिएको छ ।

२०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी अहिले कोरोना संक्रमणबाट पहिलो मृत्यु पनि आफ्नै जिल्लामा भएपछि त्रसित भएका छन् । भूकम्पको क्षतिबाट तंग्रिएर आफ्नो दैनिकीमा फर्किएका उनीहरुलाई बारीका पाटाभरि सेता पीपीई र मास्क लगाएका मानिसहरुको झुण्ड नौलो त लाग्यो नै सँगसँगै कोरोना संक्रमणको त्रास पनि थपियो ।

मृत्युको पुष्टि भए लगतै बागमती प्रदेशका २ जना मन्त्री र्यापिड रेस्पोन्स टीम सहित सो क्षेत्रमा निरनतर खटिरहेका छन् । सिन्धुपाल्चोक जिल्लाबाटे चुनाव जितेका बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद) र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल सो क्षेत्रमा आफ्नो टिम सहित खटिरहेका छन् । 

सिन्धुपाल्चोक चौतारासाँगाचोकगढी नगरपालिका घर भएका बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालले हिँजो ५६ जनाको स्वाब संकलन गरेको बताए । उनले आज थप संकलन हुन्छ हुने र आइतबार संकलन गरिएको स्वाबका नमूना परीक्षणका लागि आइतबार राति नै काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको बताए । 

हिँजो आइतबार राति काठमाडौं ल्याइएको स्वाबको रिपोर्ट आज आउने जानकारी आफुले पाएको बताए । मन्त्री दुलालले रिपोर्टको आधारमा थप रणनीति बनाएर अघि बढ्ने तयारीमा रहेको बताए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*