भोलिदेखि लगातार वर्षा हुने, बाढी र पहिरोको जोखिम

आज देशको धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबारदेखि भने नेपालमा बङ्गालमा बनेको चक्रवातको असर पर्ने भएको जनाइएको छ ।
मौसम पूर्वानमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण भोलिदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षाको सम्भावना छ ।
मङ्गलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना माहशाखाले जनाएको छ । तर यो चक्रवातको असर नेपालको पश्चिम क्षेत्रमा भने नपर्ने जनाइएको छ ।
यो चक्रवातको प्रभाव दुई दिन दिनसम्म नै रहने छ । अहिले अम्पोन नाम चक्रवातको दिशा नेपालतर्फ सरिरहेको पनि मौसमविद्ले बताएका छन् ।