३१ जिल्लामा फैलियो कोरोना 

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार २३:०७
;

आज एकैदिन ५३ जना कोरोना संकमित थपिएका छन् ।  सोमबार बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३ सय ५७ पुगेको हो । 

कोरोना भाइरस हालसम्म नेपालका ३१ जिल्लामा फैलिएको छ । प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १ सय ३२, बागमतीमा १ मृत्युसहित १८, गण्डकीमा ३, प्रदेश ५ मा १ मृत्युसहित १ सय ५९ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित भएका छन्। कुल संक्रमित ३ सय ५७ मध्ये पुरुषको संख्या २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन्।

३६ जना उपचारपछि घर फर्किएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवक छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*