प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिने
प्रधानमन्त्री केपी शर्मा ओलिले संघिय संसदमा आज संसदमा पेश भएको नीति तथा कार्यक्रमका विषयमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रमका विषयमा आमज प्धानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले पहिले राष्ट्रियसभा र पछि प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम रहेको छ । मंगलबार ११ बजेका लागि राष्ट्रियसभा र १२ बजेका प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। सांसदहरुले जेठ ४ र ५ गते त्यसमाथि छलफल गरेका थिए।
प्रतिनिधिसभाका संशोधनकर्ता सहित १ सय १४ जना र राष्ट्रियसभामा ४४ जनाले छलफलमा भाग लिएका थिए।
संसद सचिवलायले आज मंगलबार नै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ।