कोरोनाका कारण गुल्मीका एक शिक्षकको मृत्यु

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार १७:०१
;

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । कोरोना संक्रमणबाट गुल्मीका एक पुरुष संक्रमितको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो। 

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

उनी पेशाले शिक्षक थिए।

नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*