कोरोना संक्रमणको जोखिम बढेपछि सुरक्षाकर्मीको संख्या घटाउने तयारी
कोरोना संक्रमणको जोखिम बढेपछि राजधानीमा खटिएका सुरक्षाकर्मीको संख्या घटाउने निर्णय भएको छ । बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको छलफलले शान्ति सुरक्षाको अवस्थालाई खस्किन नदिन आवश्यक पर्ने संख्यालाई मात्र परिचालन गर्ने निर्णय गरेको हो ।
मंगलबार राजधानीका दुई प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि २ सय १४ जना प्रहरीलाई कार्यालयमै क्वारेन्टिनमा राखिएको छ ।
संक्रमण जतिमा देखिन्छ त्यति नै संख्यामा प्रधान कार्यालयबाट थप टोली मगाउने तयारी भएको छ । जतिसक्दो कमलाई बाहिर खटाउने र बाँकीलाई कार्यालयमै राख्ने निर्णय भएको छ । अहिले उपत्यकामा थप ६ सय जनशक्ति प्रधान कार्यालयबाट मगाइएको छ ।