नक्सा जारी भएपछि नेकपा भित्र “जस लिन” होडबाजी    

हेटौडा न्युज
८ जेष्ठ २०७७, बिहीबार २१:०७
;

नेपालको नयाँ नक्सा जारी गरेको जस लिन नेकपा भित्र होडबाजी चलेको छ । सरकारले जारी गरेको लिम्पियाधुरासहित नयाँ नक्सा आफ्नो पहल भएको सो कामको जस लिन  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र होडबाजी सुरु भएको हो ।

नक्सा छाप्ने प्रस्ताव आफूले नै गरेको हो भन्दै नेकपाका नेताहरु जनसमर्थन लिने होडबाजीमा लागेका छन् । नेकपाका केही नेतामा नक्सा छापिएको खुसीभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवादी’ छवि पुनः उद्घाटित भयो कि भन्ने चिन्ता देखिन्छ ।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नीति तथा कार्यक्रमका मूलभूत कुराहरू प्रकाश पार्दै भारतसँग वार्ता र छलफलको माध्यमबाट अहिलेको समस्या हल गरिने बताएका थिए । तर, माधव नेपालले नीति तथा कार्यक्रम मूर्त हुनुपर्ने भन्दै लिपुलेकसहितका भू–भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्नुपर्ने अडान राखेको बताउँदै आएका छन् ।

झलनाथ खनालको पनि तर्क त्यही छ । तर, पार्टीभित्रको एउटा समूहले ओलीकोमात्रै प्रशंसा गर्न थालेपछि वामदेव गौतमले असन्तुष्टि प्रकट गरेका छन् ।

उनले कुनै एक व्यक्तिको देवत्वकरण गर्न उचित नहुने भन्दै नक्सा छाप्ने निर्णयको प्रस्तावक नै आफू भएको दाबी गरेका छन् ।

सीमा विवादबारे थाहा हुँदा–हुँदै पनि त्यसलाई समाधान नै नगरी संसदबाट महाकाली सन्धि पारित गर्नुको हतारोले त्यो बेलामा लिम्पयाधुराको विवाद बेवास्ता गरिएको तत्कालीन एमालेका प्रचार विभागका सचिव हरि रोक्का बताउँछन् ।

राष्ट्रियताका विषयमा कुनै एक व्यक्तिलेमात्र जस लिनुभन्दा यसलाई सबैको स्वामित्व हुने विषय बनाउन आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*