साउदीमा १ हजार ३ सय बढी नेपालीमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

हेटौडा न्युज
९ जेष्ठ २०७७, शुक्रबार १३:५३
;

साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् । त्यस्तै कोरोनाको कारण ७ जनाको मृत्यु भएको छ । 

साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ । कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ ।

धेरै नेपालीहरूले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाइ छ । उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई फारम भर्न सकिन्छ । साउदी अरबमा हालसम्म ६५ हजार ७७ जनामा संक्रमण देखिएको छ भने ३ सय ५१ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*