थप २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ७०
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ भने ७० जना उपचारपछि निको भएका छन् । नेपालमा शुक्रबार २१ जना कोरोना भाइरसका संक्रमित उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएसंगै निको हुने व्यक्तिको संख्या ७० पुगेको हो ।
उपचार पछि निको हुने व्यक्तिको उमेर १ देखि ६० वर्षसम्म रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये आज शुक्रबार मात्र ९ जना महिला र १२ जना पुरुष उपचार पछि निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्राmयका अनुसार प्रदेश नम्बर १ मा २६ जना, प्रदेश नम्बर २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा २२ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्।