कर्णालीका मुख्यमन्त्रीले आफ्ना सुरक्षाका प्रहरी फिर्ता पठाए

देश कोरोनाको महामारीमा जुधिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरीहरुको आफ्नो सुरक्षाभन्दा जनताको सेवामा खटिनु पर्ने भन्दै फिर्ता पठाएका छन् । उनले आफ्नो सुरक्षाकालागि खटिएका ८ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत फिर्ता पठाईदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जना सई, एकजना असई र ५ जना प्रहरी जवानलाई मुख्यमन्त्री शाहीले जिल्ला प्रहरी कार्यालयमा फिर्ता पठाएको जानकारी दिएको छ ।
यसका साथै मुख्यमन्त्री शाहीले अगुवा सवारी पनि प्रहरीलाई नै फिर्ता गरेको ममुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री शाहीले फिर्ता पठाएका प्रहरीहरु जिल्ला प्रहरी कार्यालय, सुर्खेतले आवश्यकता अनुसार खटाउने बताईएको छ ।