हेटौंडा बजार नवलपुर लियो क्लबमा श्रेष्ठ चयन

हेटौडा न्युज
१२ जेष्ठ २०७७, सोमबार ०३:०५
;

लियो जिल्ला परिषद ३२५ बि २ रिजन २ अन्तर्गत नयाँ लियो क्लब गठन भएको छ । हेटौंडा बजार नवलपुर लियो क्लबको आज आइतबार एक कार्यक्रमका बिच गठन भएको घोषणा गरिएको हो ।

क्लबको संस्थापक अध्यक्षमा सुदिप श्रेष्ठ चयन भएका छन् भने सचीवमा कुशल कप्रौला र कोषाध्यक्षमा सन्तोषी खतिवडा चयन भएका छन् ।

हेटौंडा बजार लायन्स क्लबले सो लियो क्लब स्थापना गरेको हो । यस अघि सो लायन्स क्लब अन्तर्गत नै हेटौंडा बजार लियो क्लबले काम गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*