अलपत्र नेपालीको उद्धार गर्न गड्डाचौकी नाका खोलिने, किटको अभावमा परिक्षण नहुने
सीमानाकामा अलपत्र परेका नेपाली नागरीको उद्दारका लागी कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्किन दिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर नेपाली नागरीकलाई भित्रिन दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कोरोना भाइरसको जोखिम बढ्दै गएकोल बेला गड्डाचौकी नाकामा समान्य स्वास्थ्य परीक्षण मात्र गरेर नेपाल छिर्न दिने जनाइएको छ । कोरोना परिक्षणका लागी किटको उपलब्धता नभएका कारण परीक्षण गर्न नसकिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताए ।
स्वदेश प्रवेश अनुमती मिलेपछि लामो समयदेखि सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरु बिहानैदेखि नाकामा जम्मा हुने क्रम सुरु भएको भएको छ ।