थप एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि

थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरेका छनु । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ ।
यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
यससँगै बारामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।