होटललाई क्वारेन्टाइन बनाउने सरकारको तयारीः प्रधानमन्त्री ओली
सरकारले बन्द रहेका होटलहरुलाई क्वारेन्टाइन बनाउने योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै बन्द रहेका होटलहरुलाई क्वारेन्टाइन बनाउने योजना सरकारले बनाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले लकडाउनका कारण बन्द होटललाई क्वारेन्टाइन बनाएर कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्ने सरकारको तयारी रहेको बताए । उनले क्वारेन्टाइनको सँख्यासँगै गुणस्तर पनि बढाउने बताए ।
क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्योपचार र उचित खानपानको व्यवस्था गर्ने पनि उनले बताए । कोरोनाविरुद्धको युद्ध कुनै पनि बहानामा कमजोर हुन नदिने भन्दै उनले नागरिकको ज्यान जोगाउन सरकार हदैसम्म प्रयत्नशील रहेको पनि बताए ।