मकवानपुर सहित कहाँ–कहाँ थपिए कोरोना संक्रमित ?

हेटौडा न्युज
१९ जेष्ठ २०७७, सोमबार १७:२१
;

मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा मकवानपुरको एक सहित २ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरीएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । मनत्रालयका अनुसार विराटनगरमा भएको परीक्षणमा झापाका २, पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् ।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ । धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । जसमा धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ ।

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*