थप १३ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ८ पुग्यो

हेटौडा न्युज
१९ जेष्ठ २०७७, सोमबार १९:०५
;

मकवानपुर । नेपालमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयले विज्ञप्ती जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७, रुपन्देही र पाल्पामा २/२, नवलपरासी र गुल्मीमा १/१ जना गरी १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ११ पुगेको छ भने २ सय २२ जनाम कोरोनाबाट मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*