झापा र सुनसरीका १८ जनाले जिते कोरोना

हेटौडा न्युज
२० जेष्ठ २०७७, मंगलवार ०९:३६
;

मकवानपुर । प्रदेश १ का सुनसरी र झापाका १८ कोरानो संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७ पुरुष सोमबार राति डिस्चार्ज भएका हुन् ।

पछिल्लो दुई वटा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार राति उनीहरुलाई डिस्चार्ज गरिएको कोभिड अस्पतालको आइसोलेशन वार्डका प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताए ।

कोरोना जितेकाहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साहलगायतका चिकित्सकहरुले पुष्पगुच्छा दिएर विदाई गरेका थिए ।

उनीहरुमा दुई हप्ता अघि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिष्ठानमा हाल शंकास्पद पाँच जना र संक्रमित ८० जना मध्ये अधिकांश झापाका रहेको सहायक निर्देशक विकास साहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*