लियो हेटौंडा मुक्तिनाथ मल्टिभिजनको अध्यक्षमा भट्टराई
मकवानपुर । बच्चै देखि एउटा राजनैतिक परिवेशमा हुर्केकी हुन् शिखा भट्टराई । एउटा पुर्ण राजनैतिक पृष्ठभुमि बोकेको अभिभावककी एक्ली छोरी हुन् शिखा ।
सानैबाट राजनैतिक परिवेश बुझ्दै आएकी शिखाकोे नशा नशामा नेतृत्व बगेको भन्दा फरक नपर्ला । उनको साथीहरु समेत उनको नतृत्व क्षेमता देखेर छक्क पर्छन् ।
हरेक सामाजिक काममा मन लगाएर आफ्नो टिमसहित फिल्डमा दौडन भ्याउने शिखा पेसाले स्वास्थ्यकर्मी हुन् । स्वास्थ क्षेत्र आफैमा समाज सेवा हो । सेवा गरेर कहिलै नथाक्ने दरिलो हिम्मत छ उनीसंग ।
देशको सिमा मिचिदा होस् वा अधिकारका कुरामा होस् उनको आवज बुलन्द रहन्छ सधै । बच्चै देखि नेता, नेतृत्व अनि दाईत्व बुझ्दै आएकी उनको अधिकार प्राप्तिका लागि लडिने लडाइमा आवज पनि दमदार रहन्छ ।
हेटौंडाका युवाहरुको स्वतन्त्र संस्था युथ अफ हेटौंडाको समेत नेतृत्व गरेकी छिन् उनले । युथ अफ हेटौंडामा हेटौंडाका विभिन्न क्षेत्रका ३० भन्दा बढि व्यक्तिलाई समेटेर सो संस्थाको नेतृत्व गदै विभिन्न सामाजिमक काम गर्दै आएकी छिन् ।
पितृसतात्मक समाजमा पनि घरको एक्ली छोरी भएर जन्मिदा उसलाई केहि फरक परेन । महिाला भएकै भरमा पछि पारीनु परेको पिडा नजिकबाट बुझेकी छु भन्दै लैगिंक असमानताका खिलाफ खरो उत्रिन्छिन उनी ।
स्कुले जीवन देखी नै अन्याय र अपमान सहेर बस्नु हुदैन भन्ने भन्ने उनको विचार आज पनि अटल छ ।
लायन्स वषै सन् २०१५ बाट लियो क्लबको यात्रा तय गरीकी हुन् शिखाले । सन २०१५ देखी लियो क्लब अफ हेटौंडा पाथिभराबाट लियोबाट पनि समाज सेवामा हात हालिन् ।
२ कार्यकाल लियो हेटौंडा पाथिभराबाट समाज सेवा गरेकी उनले अन्तत सो क्लबबाट सन् २०१७ मा स्थापना भएको क्लब लियो क्लब अफ मकवानपुर हेटौंडामा आफ्नो सदस्यता सारिन् ।
आफ्नो विभिन्न सामाजिक काममा आफ्नो अग्रसरतामा रहेर समाजका हरेक गतिविधि नियाल्दै उनले विभिन्न आरोह र अवरोहको सामना गरीन् ।
लियो क्लब अफ मकवानपुर हेटौंडाको स्वस्थ्य कार्यक्रम संयोजकबाट आफ्नो योजनामा काम गर्न सुरु गरेकी हुन् । लियो मकवानपुर हेटौंडाका विभिन्न पदमा रहेर काम गरेकी उनले सन् २०१९/२० मा भने क्लबको महत्पुर्ण उपाध्यक्ष पदमा रहेर काम गरिन् ।
सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्दै गर्दा विभिन्न सस्थामा नेतृत्वदायी भुमिका निर्वाहा गर्दै देश र मनवताको रक्षाका लागि हेटौंडाको चोक चोकमा उनले आफ्ने आवाज बुलन्द पारिरहिन् ।
विभिन्न सामाजिक कुरिती बिरुद्ध पटक पटक हेटौंडामा सयौं संख्याको युवाहरुको एउटै आवाज बनाउन संयोजन गर्दै हिडेको उदाहरणले शिखाको नेतृत्व क्षमता प्रष्ट पार्छ ।
पछिल्लो समयमा राष्ट्रिय युवा परिषद अन्तर्गत वडा स्तरीय युवा क्लब हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को सचीव पद सम्हाल्दै आएकी छिन ।
नर्सिङ अध्यान पश्चात् स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आइरहेकी उनले लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनको सस्थापक अध्यक्षको भुमिका निर्वाहा गर्ने भएकी छिन् ।
नेतृत्व गर्ने स्थानमा बस्न कदापि पनि सजिलो काम हैन । झन नेपाली समाज, जहा हजार गुणको स्याबासी भन्दा एक बैगुणको आलोचना हुन्छ भन्ने विचार व्यत्त गर्छिन् उनी । असहज परिस्थितिको समना डटेर गर्ने उनको बानी छ ।