लकडाउनको स्वरुप परिवर्तन गर्न आज मन्त्रिपरिषद् बैठक

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार ०९:४४
;

मकवानपुर । सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्न मन्त्रीपरिषद् बैठक बोलाएको छ । देशमा गत चैत ११ गतेदेखि जारी रहेका लकडाउनको मोडालिटी परिवर्तन गर्नका लागि आज अपह्रन्न ४ बजे मन्त्रीपरिषद् बैठक बोलाइएको हो ।

चौतर्फी दवाव आएपछि सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । आज दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउन स्वरुप परिवर्तनबारे निणर्य गर्न सक्ने सरकारका एक मन्त्रीले बताएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको स्वरुप परिवर्तन बारे विज्ञहरुसंग छलफल गरेका थिए । आज बस्ने मन्त्रीपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्न गरि बैठक बोलाइएको उनको भनाई छ ।

भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको बताइएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ ।

पसलहरु खोल्न दिने, भिडभाड नियन्त्रण गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, निजी सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्था हुनसक्ने बताइएको छ ।

नेपालमा विगत ७३ दिन देखि निरन्तर लकडाउन जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*